जुम्ला–पातारासी गाउँपालिका १ स्थित जलविद्युत आयोजनाको कुलोमा पानी जमेपछि विद्युत उत्पादन रोकिएको छ । हिउद सुरु भएपछि यो जलविद्युत केन्द्रले वर्षेनी यही समस्या झेल्दै आएको छ ।
विहान वेलुका गरेर १० घण्टा विद्युत आपुर्ति हुदै आएकोमा पाँच घण्टा पनि चल्दैन, पातारासी १ का मणिकृष्ण बुढाले भने, 'कुलोमा वरफ जमेको छ, पटक पटक वरफ पन्छाएर मात्रै थोरै समयका लागि विद्युत उत्पादन गर्ने गरिएको छ । विद्युत गृह नजिकैको कुलो र जलाशयमा बारम्बार वरफ हटाउनुपरेको छ।'
पानी वग्दै गर्दा, वरफ जमेको वेला पानीको गति न्यून हुँदा स्पिडले पानी चल्दैन । उनले ऐडीभने, हिउदका तिन महिना काठको दियालो वाल्नुको विकल्प हुदैन ।
बरफ जमेर विजुली उत्पादन नहुँदा पेरे, गडिगाउँ र धोपाका स्थानीयले दुख पाएका छन् । स्याला गढिगाउँका अर्का स्थानीय लालवहादुर ऐडीले हिउदको समयमा सँधै दु:ख पाउने गरेको बताए । नियमित वत्ति नआउदा मिल र घट्ट चलाउनको समस्य भएको छ । मोवाईल, रेडियो लगायतका विद्युतीय सामान चार्ज गर्न कठिन हुने गरेको छ । कुलोमा वरफ जमेपछि पानीको वहाव कम हुँदा विजुली निकाल्न सकिएको छैन ।
पानी वग्दै गर्दा, वरफ जमेको वेला पानीको गति न्यून हुँदा स्पिडले पानी चल्दैन । उनले ऐडीभने, हिउदका तिन महिना काठको दियालो वाल्नुको विकल्प हुदैन ।फागुन महिनाको अन्तिम देखि मात्रै नियमित विद्युत आउने स्थानीय वताउछन् । ६१ वर्षिया धनसुर ऐडी गाउँमा रहेको विद्युत नहरमै वरफ जम्दा विद्युत आपुर्तिमा अवरोध आउने गरेको वताउछन् । उनले भने, 'वर्षायाममा झलमल्ल गाउँ हिउदको सिजनमा अन्धकार देखिन्छन्।' उनका अनुसार अहिले विद्युत कहिले १ घण्टा वल्छ , त कहिले आधा घण्टामै विद्युत सेवा वन्द हुन्छ ।
यो समस्यf पातारासी गाउँपालिकाको मात्रै हैन । जिल्लाको तिला, हिमा,सिजा, कनकासुन्दरी, चन्दननाथ नगरपालिकाको पनि हो । नदिमै वरफ जमेर पानी राकिएको वेला विद्युत आपुर्तिमा निकै कठिन हुने गरेको छ । तिला गाउँपालिका ९ का मोतिराम वुढा कुलोमा पानी जमेर विद्युत अवरोध हुने गरेपछि गाउँले फेरी दियालोमै फर्कनु परेको हो । चिसोका कारण जुम्लाको जनजीवन निकै प्रभावित भएको छ । । गाईवस्तुलाई दाना दिने देखि हिडडुल गर्न समेत चिसोले गाह्रो पर्छ । सदरमुकाम खलंगाका प्रत्येक दोकानमा आगो वालेर गुजारा चल्ने गरेको छ । गाउका वालवालिका र वृद्धवृद्धा चिसोदेखि निकै प्रभावित वनेका हुन ।
प्रकाशित: २८ पुस २०७४ ०९:४२ शुक्रबार