समाज

परराष्ट्र सचिव पौड्यालको अवकाश, निमित्तमा लम्साल

परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन्। ‘करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु’, सामाजिक सञ्जालमा उनले लेखेका छन्।

सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ। सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएका छन्। सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ। –रासस

प्रकाशित: २० मंसिर २०८० ०२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App