समाज

टर्कीमा पुर्याएर श्रम शोषण गर्ने तीन जना पक्राउ

काठमाडौं– युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सिआईबी महाराजगंजको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाका २९ वर्षीय प्रवीन गिरी, कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाको चापाकोट नगरपालिका–४ का २८ वर्षीय प्रदीप गिरी र झापाको गौरादह नगरपालिका–४ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र अधिकारी छन् । प्रवीन र प्रदीपलाई सोमबार तथा अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनजनाले राहदानीमा नक्कली भिसा लगाएर प्रतिब्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिई टर्की  पुर्याएर २ महिनासम्म श्रम शोषण गरी अलपत्र पारेका थिए । यसरी कतिजना पीडित भए भन्ने सीआईबीले भनेको छैन ।

सिआईबीका अनुसार उनीहरुले युरोपियन मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा लगाइदिन्छु भनि राहदानीमा नक्कली भिसा लगाएर प्रतिब्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिई टर्की  पुर्याएर २ महिनासम्म श्रम शोषण गरी अलपत्र पारेका थिए । उनीहरुबाट कति जना पीडित भएकोकुरा सिआईबीले प्रष्ट पारेको छैन । 

ठगी गर्ने पक्राउ
यसैबीच केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ‘कोनटेक प्रालि’ नामको संस्थाको ठूलो परिमाणको चेक चोरी गरी सोही चेकमार्फत विभिन्न व्यापारीलाई ५६ लाख ६५ हजार रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने ललितपुरको बालकुमारीस्थित सनराइज होम्स बस्ने भारत झारखण्ड राची तिवारी स्ट्रिटका ३६ वर्षीय अखिल कुमारलाई सीआईबीको टोलीले पक्राउ गरेको छ ।निजलाई ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको सो ब्यूरोले जनाएको छ ।

 

प्रकाशित: २७ पुस २०७४ ११:३६ बिहीबार

टर्कीमा पुर्याएर श्रम शोषण गर्ने जना पक्राउ