समाज

क्याम्ब्रिज कलाकार डायोकोनुको होरा कला कोप-८ मुख्य बैठक कक्ष अगाडी

तस्बिर क्याप्सन: युनिटी डान्स–समुदायमा शक्ति

क्याम्ब्रिजका कलाकार मारियस डायोकोनुले बनाएका यो कलाकृतिमा मानिसका १०० सेरामिक प्रतिमाहरू एक बालकलाई घेरेर तीन वटा वृत्त(सर्कल)मा नाचेका छन्।

यो कलामा आगामी पीढीको भविष्यको सुरक्षाका लागि समुदायको भूमिका अहम रहेको  देखाउन खोजिएको छ। डायोकोनुको बाल्यकाल उनका पिताको रोम नियामा रहेको आर्ट स्टुडियोमा बितेको थियो।

'एक बालकको वरपर तीन वटा वृत्तमा गरिएको यो नाचले विश्वलाई ठुलो सन्देश दिएको छ’, कलाको परिचयमा भनिएको छ। 

महिला र पुरुष एकपछि अर्को रहेको यो कलात्मक प्रस्तुतिले मानवीय विविधतालाई समेत प्रतिविम्बत गरेको छ।  

‘होरा कलाको यो प्रस्तुतिले वर्तमानमा हामीले गर्ने कार्यले कसरी भविश्यलाई प्रभाव पार्छ भन्ने देखाउनु हो। विश्व समुदाय एक हुन सके आगामी भविष्य सुरक्षित हुन सक्दछ’, कलाका बारे राखिएको परिचयमा भनिएको छ।  

प्रकाशित: १९ मंसिर २०८० ०५:२७ मंगलबार

क्याम्ब्रिज कलाकार मारियस डायोकोनु कलाकृति मानिसका १०० सेरामिक प्रतिमा