समाज

बिहीवारसम्मै उच्चपहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मङ्गलवारदेखि बिहीवारसम्मै उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाले तीन दिने मौसम बुलेटिन जारी गर्दै सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने पूर्वानुमान गरेको छ। लोक मार्गका आसपास क्षेत्रमा सोमबार देखिनै हिमपात भएको थियो।

मङ्गलवार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जनाइएको छ। यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ।  

बुधवार कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना उल्लेख गरिएको छ। बुधवार राति कोशी, मधेस र बागमती  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

यसैगरी बिहीवार दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ।

प्रकाशित: १९ मंसिर २०८० ०२:५३ मंगलबार

मौसम पूर्वानुमान महाशाखा उच्च पहाडी हिमाली भू–भाग हिमपात