समाज

सुरु भयो तराईका २२ जिल्लामा हुस्सु, सतर्कता अपनाउन अपिल

मौसम पूर्वानुमान महाशाखाले तराईका २२ वटा जिल्लामा हुस्सु सुरु भएको र त्यो हुस्सु मध्यान्हसम्म क्रमिक हट्दै जानै बताएका छ।

हुस्सु क्रमिक सुधार हुँदै जाँदा पर्न सक्ने प्रभावले सर्वसाधारणको दैनिकीमा प्रभाव पर्न सक्ने उल्लेख गर्दै आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ। 

‘हुस्सु मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले २४ घण्टै मौसम बुलेटिन सार्वजनिक गर्दै भनेको छ। 

महाशाखाका अनुसार पश्चिम तराईका कञ्चनपुर, कैलाली, बर्दिया,बाँके, दाङ,कपिलवस्तु,रुपन्देही, नवलपरासी–पूर्व र नवलपरासी–पश्चिम हुस्सुबाट प्रभावित भएका छन्। यसैगरी मध्य तराईमा चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा प्रभावित हुन थालेका छन्। 

पूर्व तराईका सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा प्रभावित भइरहेका छन्।

प्रकाशित: १९ मंसिर २०८० ०२:०८ मंगलबार

मौसम पूर्वानुमान महाशाखा तराईका २२ वटा जिल्लामा हुस्सु सुरु हुस्सु क्रमिक सुधार हुँदै सर्वसाधारणको दैनिकीमा प्रभाव