समाज

समाचार पढेपछि अमेरिकाबाट सहयोग

पाँचथर- आमाको मृत्यु भएपछि विरामी बुवा र दिदिलाई पाल्दै कष्टकररुपमा पढाई अगाडि बढाउँदै गरेका १३ बर्षिय अमृत थापालाई आर्थिक सहयोग भएको छ। नागरिक न्यूजमा ‘आमाको मृत्युपछि परिवार स्याहार्दै १३ बर्षिय बालक’ शिर्षकको समाचार पढेपछि  खोटाङ घरभई हाल अमेरिका रहेका  धौलवीर राईले पठाएको १५ हजार ७ सय रुपैँया सहयोग बुधवार हस्तान्तरण गरीएको छ।

गरिविको रेखामुनि रहेर निक्कै कष्टकर जीवन विताईरहेका तुम्मेवा गाँउपालिका–५ हाङगुमका थापालाई  वाडा अध्यक्ष कुलदेव कुरुम्बाङले हस्तान्तरण गरे। चिसो समयमा पातलो भेष्ट र सर्ट तथा खुट्टामा पुरानो चप्पल लगाएर पैसा लिन आएका थिए। पैसा पाएर खुशी बनेका वालक थापाले घरमा चाहिने केहि समान किनेर सहकारीमा पैसा राख्ने बताए। उनले पैसा लिन आउँदा देखिएको अवोधताले कार्यालमा उपस्थित स्तब्ध देखिएका थिए। यो रकमले थापालाई राहत पुग्ने वाडा अध्यक्ष कुरुम्बाङ बताए।

केहि महिना अघि आमाको उपचार हुन नसक्दा मृत्यु भएको थियो। घरमा रहेका बुबा र दिदि सुस्त मनस्थतीका छन्। उनीहरुलाई पाल्दै, घरपरिवार चलाउँ उनी स्थानीय सिद्ध आधाभुत विद्यालयमा कक्षा आठमा पढ्छन्। दमालका साथीहरु खेल्दै रमाउँदै गर्दा उनलाई परिवारको वोझ र वियोगको पीडाले थिच्छ।

पढ्न निक्कै मन रहेको उनले सुनाए । बुवा र दिदिको स्वास्थ्य अवस्था र घरको आर्थिक अवस्थाका कारण निक्कै कठिनाई रहेको सो क्षेत्रकी गरिवसँग विश्वेश्वर कार्यक्रमकी सामाजिक परिचालक रुष्मा खडकाले बताईन।

प्रकाशित: २६ पुस २०७४ १३:१९ बुधबार

समाचार पढेपछि अमेरिकाबाट