समाज

छापामार शैलीको न्यायप्रति चिन्ता

लन्डन- ग्लोबल पोलिसी फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्यप्रसाद सुवेदीले एक वक्तव्य प्रकाशित गरी नेपालको छापामार शैलीको न्यायप्रति चिन्ता व्यक्त  गरेका छन्।

'माओवादी र कांग्रेसको गठबन्धनले छापामार शैलीमा रातारात तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीलाई निर्लज्ज तरिकाले महाअभियोग लगाएको धेरै समय बितेको छैन। अहिले सर्वोच्च अदालत आफैले हतार हतारमा छापामार शैलीमा डा. गोविन्द केसीलाई गिरफ्तार गर्ने आदेश दिनु र प्रहरी प्रशासनले केही राष्ट्रिय महत्वका विषयमा आफ्ना माग राखी शान्तिपूर्ण तरिकाले अनसन बसेका डा. केसीलाई तुरुन्तै पक्राउ गर्नुजस्ता छापामार शैलीको कार्य निन्दनीय छ। यस्ता शैलीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवी धुमिल भएको छ' प्रा. सुवेदी द्धारा मंगलवार जारी  आफ्नो वक्तव्यमा भनेका छन्।

 

प्रकाशित: २६ पुस २०७४ ०९:४६ बुधबार

छापामार शैलीको न्यायप्रति चिन्ता