समाज

भारत लैजान लागेका बालबालिकासहित दुई प्रहरी नियन्त्रणमा

जुम्ला – जुम्लादेखि भारतको हिमाञ्चल प्रदेशमा बालबालिका लैजाँदै गरेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जुम्लाको कुडारी चौकीले बालबालिका भरिएको बस देखेर सोधपुछ गरेपछि भारतमा  लैजाने कुनै आधार फेला नपारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

पातारासी गाउँपालिका ३ का छिरिङ तुण्डुक तामाङ र कार्मा तामाङलाई प्रहरीले निन्त्रणमा लिइएको हो। प्रहरी निरीक्षक चुडामणी पुनका अनुसार भारतको हिमाञ्चल प्रदेशमा लामा भाषा पढाउने भन्दै उनीहरूले २० जना बालबालिकालाई लैजादै गरेका थिए। 

लामा भाषा पढाइदिने भनेर अभिभावकलाई ढुक्क बनाएर उनीहरूले बालबालिकालाई भारल लैजान लागेका रहेछन, प्रहरी निरीक्षक पुनले भने, शंकास्पद अवस्थामा फेला पारेपछि बालबालिकाको उद्धार गरी दुई जनालाई नियन्त्रणमा राखिएको हो।
प्रहरीमा उनीहरूले दिइएको बयानमा हिमाञ्चल प्रदेशमा रहेका लामाको समन्वयमा बालबालिकालाई भारत लैजान लागिएको हो ।

बालबालिकाको अभिभावकलाई बोलाइ सकिएकोले उनीहरु आएपछि मात्रै अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यत्रो ठूलो परिमाणमा बालबालिका भारत लैजादै गरेको पहिलो पटक हो । बालबालिकालाई अहिले मानसरोवर होटलमा कडा सुरक्षा घेरामा राखिएको छ । ९ देखि १३ वर्ष सम्मका बालबालिकालाई भारत लैजादै गर्दा प्रहरीले फेला पारेको हो ।
 

 

प्रकाशित: २६ पुस २०७४ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App