समाज

डा. पोखरेलप्रति श्रद्धाञ्जलि

काठमाडाैं – दिवंगत पूर्वसभासद् एवं शिक्षासेवी डा. बाबुराम पोखरेलप्रति मंगलबार पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता एवं शिक्षाकर्मीले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मीनभवनस्थित भिएस निकेतनमा राखिएको उनको शवमा उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार, नेकपा एमालेका नेता माधवकुमार नेपाल, कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवास नेम्वाङ, चन्द्र भण्डारी, भानुभक्त ढकाल, त्रिविका उपकुलपति डा. तीर्थराज खनियाँलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

हृदयाघातका कारण पुस २३ मा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका पूर्वअध्यक्ष डा. पोखरेलकाे आजै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिदैंछ । उनी दोस्रो संविधानसभामा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट समानुपातिकतर्फबाट सभासद् भएको थियो । उनका श्रीमती र दुई छोरा छन् ।
 

प्रकाशित: २५ पुस २०७४ ०९:२७ मंगलबार

डा. पोखरेलप्रति श्रद्धाञ्जलि