समाज

भुटानी शरणार्थी मृत फेला

दमक -  झापाको दमकमा एक भुटानी शरणार्थी युवक मृत फेला परेका छन् ।

भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बिहान बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका हुन् ।

सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युको कारण  नखुलेकोले अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए  ।रासस

प्रकाशित: २५ पुस २०७४ ०७:५९ मंगलबार

भुटानी शरणार्थी फेला