समाज

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा, पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश (आदेश सहित)

काठमाडौं- सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई अदालतको अपहेलना गरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीश डम्मरबहादुर शाहीको एकल इजलासले भोलि मंगलवार बिहान ९ बजे उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको हो।

सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौड्यालले अदालतलाई अपहेलना गरेको न्यायाधीशहरुमाथि अपमानजनक शब्द बोलेको भन्दै रिट दर्ता गरेका थिए।

सर्वोच्चले अदालतको अपहेलना गरेको र न्यायाधीशहरुलाई अपमानजनक शब्द प्रयोग गरेकोले किन कार्वाही नगर्ने भन्दै डाक्टर केसीलाई उपस्थित हुन आदेश गरेको हो।

डा. केसीले सोमवारदेखि प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं अनशन सुरु गरेका थिए।

प्रकाशित: २४ पुस २०७४ १२:३५ सोमबार

डा. केसी विरुद्ध अदालतको अवहेलना मुद्दा पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश आदेश सहित