समाज

जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित

लमजुङ –सुन्दरबजारनजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासीहरू त्रसित भएका छन् । सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासीमा त्रस्त बढेकाे हाे ।

सुक्खा जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रस्त भएका स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले बताए।

मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिन भित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने स्थानीयवासीहरूको आशंका गरेका छन् । दिन प्रतिदिन तातो धुवाँको मात्रा बढ्दै गएकाले यथाशीघ्र छानबिन गरी सुरक्षाको प्रत्याभूति दिन स्थानीयवासीको माग छ ।
 

प्रकाशित: २४ पुस २०७४ ११:०५ सोमबार

जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित