समाज

कतै आंशिक बदली,कतै हिमपातको सम्भावना

अहिले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भू भागमा सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी  र कर्णाली प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी आज राती  कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

प्रकाशित: १६ मंसिर २०८० ०१:४५ शनिबार

आंशिक बदली हल्का हिमपात सामान्यतया सफा