समाज

कालीदेवी मावीको छात्रावास बनाउन दुई करोड जापानी सहयोग

ललितपुरको कालीदेवी माविमा रहेका छात्राहरूलाई लक्षित गरेर छात्रावास निर्माण गर्नका लागि दुई करोड रुपैयाँ जापानी सहयोग आउने भएको छ।

नेपालस्थित जापानीज दूतावासमा शुक्रबार आयोजित एक कार्यक्रमबिच विद्यालयको लागि छात्रावास निर्माणको लागि आवश्यक पर्ने रकम उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। नेपालका लागि जापानी राजदूत किकृता युताका र लभग्रिन नेपालका अध्यक्ष अमिरा डलीबीच शुक्रबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।

यो परियोजना जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स९जिजिपि० को लागि अनुदान सहायता कार्यक्रम अन्तर्गत दुई करोड ५ लाख रुपैयाँ बराबरको रकम विद्यालयको छात्रावास निर्माण गर्न खर्चिनेछ। कालीदेवि मावि सन् १९६२ मा स्थापना भएको थियो। सो विद्यालय ललितपुरको दक्षिणी पश्चिम र मकवानपुर जिल्लासँग जोडिएको छ। सो विद्यालयमा करिब ४ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्।

राजदूत किकृता युतकाले विद्यालयमा महिला छात्रावास निर्माण भएसँगै टाढा–टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीको लागि सहज हुने बताए। ‘जापानीज आर्थिक सहयोगमा निर्माण हुने छात्रावासले ग्रामिणभेगका विद्यार्थीहरूलाई लागि अध्ययन अध्यापन गर्नका लागि सहज हुनेछ,’ उनले भने ‘किशोरीहरूको लागि सुरक्षित शिक्षा प्रदान गर्नका लागि सुरक्षित वातावरण तयार पार्नेछ।’

लभग्रिन नेपालका अध्यक्ष अमिरा डली  ग्रमिण भेगका बालिकाहरूको लागि छात्रावास बनाउने योजनाले धेरै हदसम्म फाइदाजनक हुने बताइन्। ‘हामीले ग्रमिण भेगका बालबालिकालाई सुरक्षित आवासीय अध्ययन गराउनको लागि छात्रावास उपयुक्त हुने देखिन्छ।’ केही विद्यार्थीहरू दुर्गम क्षेत्रका छन्। ती विद्यार्थीहरूलाई विद्यालयमा नै छात्रावास बनेसँगै धेरै हदसम्म राम्रो हुने अपेक्षा गरिएको छ। जिजिपिले सन् १९९१ पछि नेपालमा २ सय भन्दा धेरै परियोजना सम्पन्न गरिसकेको छ।

प्रकाशित: १५ मंसिर २०८० ०८:२१ शुक्रबार

कालीदेवी मावि