समाज

छोराको कुटपिटले गयाे बुबाको ज्यान

उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको हत्या गरेका छन्।

जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार गोसाइँकुण्ड गाउँपालिका-५ सानुभार्खु निवासी अन्दाजी ४० वर्षीय गोपाल तामाङले ६५ वर्षे बुबा छेवाङ तामाङलाई लाठीले टाउकोमा हिर्काई हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हो।

निजले मादक पदार्थ सेवन गरेकै कारण बुबालाई कुटपिट गरेको र वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। परीक्षणका लागि शव रसुवा अस्पताल पुर्‍याइएको र छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १५ मंसिर २०८० ०७:४८ शुक्रबार

छोराको कुटपिटबाट बुबाको हत्या जिल्ला प्रहरी प्रमुख सुवास बुडाथोकी