समाज

बालुवा चोरी गर्ने चालक गाडी सहित नियन्त्रणमा

भक्तपुर- प्रहरीले अवैध रुपमा वालुवा निकाली लोड गरिरहेको अवस्थामा गाडीसहित चालकलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले शनिबार मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीस्थित सुकुम्बासी टोलमा बा. २ क. २७९७ नं.जेसीबी र बा. २ क. ३१५७ नम्वरको मिनी ट्रकलाई पक्राउ गरेको परिसरले जनाएको छ।

नियन्त्रणमा लिई कारवाहीको लागि परिसरमा ल्याइएकोमा सवारी साधनका चालकहरुलाई आवश्यक सोधपुछ पश्चात छाडीएका प्रहरीले जनाएको छ। सवारी साधनलाई आवश्यक कारबाहीको लागि आइतबार जिल्ला समन्वय समितिको कार्यालय भक्तपुरमा पठाइएको परिसरका प्रबक्ता कृष्ण प्रसाईले बताए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

 

 

प्रकाशित: २३ पुस २०७४ १२:२० आइतबार

बालुवा चोरी गर्ने चालक गाडी सहित नियन्त्रणमा