समाज

काठमाडौँको तापक्रम शून्य डिग्रीमा

काठमाडौँ – काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ। 

काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ। 

काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि पुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो। 

उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर (शून्य डिग्री)रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए। उनका अनुसार आज पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ। चिसो अझै बढ्ने अनुमान गरिएको छ। सबैभन्दा कम जुम्लामा आज ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ। 

प्रकाशित: २३ पुस २०७४ ०६:४१ आइतबार

काठमाडौँको तापक्रम शून्य डिग्रीमा