समाज

लोकसेवा आयोगको फाराम भर्ने प्रतिशत दर कर्णालीमा बढ्दै

सरकारी सेवा प्रति कर्णाली प्रदेशबासीमा आकर्षण ह्वात्तै बढेको पाइएको छ। लोकसेवा आयोगको ६३औ र ६४ औ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क हेर्दा लोकसेवा आयोगको परीक्षामा सहभागी हुनको लागि  फाराम भर्ने प्रतिशत दर कर्णालीबासीमा बढेको देखिएको छ।

आयोगको परीक्षाको लागि आर्थिक वर्ष २०७८/७९ मा कुल ३ लाख ६५ हजार ४सय ३४ जनाले फाराम भरेको थिए। त्यसमध्ये ३३ हजार ४सय ९४ जना कर्णाली प्रदेशबासीले फाराम भरेका थिए। यो संख्या भनेको ९ दशमलव १ प्रतिशत हो। यसै गरी आ.व.२०७९/८०मा फाराम भर्नेको कुल संख्या ४ लाख ८३ हजार २सय ३ छ। जसमध्ये ६४ हजार २सय ९० कर्णाली प्रदेशबासीले जनाले फाराम भरेका थिए। यो संख्या भनेको १३ दशमलव ३० प्रतिशत हो। तथ्याङ्क हेर्दा एक वर्षको अन्तरमा कर्णाली प्रदेशबासीमा आयोगको फाराम भर्नेको संख्या ९ दशमलव १बाट १३ दशमलव ३० पुगेको छ।

गण्डकी प्रदेशमा भने प्रतिशत संख्या घटेको छ। आ.व. २०७८/७९मा कुल फाराम भरिएको ३ लाख ६५ हजार ४सय ३४मध्ये ४०हजार ३सय ३२ जना गण्डकी बासी छन्। यो संख्या भनेको ११ दशमलव ०३ प्रतिशत हो। तर आ.व. २०७९/८०मा कुल फाराम भरिएको ४ लाख ८३ हजार ३सय ३ मध्ये ४२ हजार ९सय ७७ जना गण्डकीबासीले फाराम भरेका थिए। यो संख्या भनेको ८दशमलव ८९ प्रतिशत हो। एक वर्षको फरकमा गण्डकी प्रदेशबासीमा आयोगको फाराम भर्ने संख्या ११ दशमलव ०३ प्रतिशतबाट ८ दशमलव ८९ प्रतिशतमा झरेको छ। 

मधेस प्रदेशमा भने आयोगको फाराम भर्ने संख्या एक वर्षको तुलनामा झिनो घटेको छ। आ.व. २०७९/८० कुल फाराम भर्ने संख्या ३लाख ६५ हजार ४ सय ३४ मध्ये ९३ हजार ५सय ५४ मधेस प्रदेशबासीले फाराम भरेका थिए। यो संख्या भनेको २५ दशमलव ६० हो। आ.व.२०७९/८०मा कुल फाराम भरेको ४ लाख ८३ हजार २सय ३ मध्ये १लाख २० हजार ३सय ८९ मधेस प्रदेशबासीले फाराम भरेका छन्। यो संख्या भनेको २४ दशमलव ९१ प्रतिशत हो। एक वर्षको अन्तरमा मधेस प्रदेशमा आयोगको परिक्षाको लागि  फाराम भर्ने प्रतिशत दर झिनो घटे पनि आ.व. २०७९/८०मा मधेस प्रदेशको सर्लाही जिल्ला बासीले ७७ जिल्लामध्ये सबैभन्दा बढी फाराम भरेका थिए।

प्रकाशित: १४ मंसिर २०८० १२:४७ बिहीबार

लोकसेवा आयोग