समाज

चिसोका कारण चार दिन विद्यालय बन्द

सिमरा – अत्यधिक चिसोका कारण बाराका सामुदायिक तथा निजी विद्यालयहरु थप चार दिन बिदा दिने जिल्ला शिक्षा कार्यालय बाराले निर्णय गरेको छ।

यसअघि जिल्ला शिक्षा कार्यालयले यही पुस १६ देखि २१ गतेसम्म विद्यालय बन्द गरी आइतबारबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। केही दिनयता चिसो र शीतलहर बढेपछि यही पुस २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ।

मौसम प्रतिकूल भई शिक्षण सिकाई कार्य प्रभावित भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी थप चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बताए। रासस

प्रकाशित: २२ पुस २०७४ १५:४५ शनिबार

चिसोका कारण विद्यालय