समाज

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

मकवानपुर- हेटौंडा उपमहानगरपालिका–४ सूर्य चोकमा कोठा भाडा गरी बस्ने ३५ वर्षीया मिना लामाको उनकै पतिले चिर्पट प्रहार गर्दा मृत्यु भएको छ। ४५ वर्षीय रामबहादुर लामाले घरायसी विवादमा काठको चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको हो।

घटनापछि रामबहादुर फरार रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ पुस २०७४ ११:२६ शनिबार

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या