समाज

खाना खाने क्रममा विवाद हुँदा श्रीमतीले गरिन् श्रीमानको हत्या

दैलेखमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। दैलेखकाे नौमुले गाउँपालिका ४ कालिकामा ३८ वर्षका भिमबहादुर योगीको हत्या श्रीमती ३५ वर्षिया सिता योगीले गरेको पाइएको छ।

दुवै जनाले मादक पदार्थ सेवन गरेर खाना खाने समयमा विवाद हुँदा मकैको ढिँडो बनाएको सिलभरको भडडु र दाउराले टाउकोमा प्रहार गर्दा योगीको घटनास्थलमै मृत्यु भएको थियो।

श्रीमानको हत्या गर्ने योगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रीमानको कुटाइबाट सिताको आँखामा निल डाम भएको छ। प्रहरीका अनुसार दुवै जना एक आपसमा कुटपिट भएको थियो। सोही क्रममा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको पाइएको छ। 

प्रकाशित: ११ मंसिर २०८० ११:१६ सोमबार

हत्या