समाज

फेला पर्‍याे वन्यजन्तुको आक्रमणले मारिएकाे एक व्यक्तिको शव

फाइल तस्बिर

मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ। आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।

उनका अनुसार उक्त स्थानमा गत मङ्सिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो।

उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो। सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।

ती पुरुषको शव हाल हेटौंडा अस्पतालमा ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।  

प्रकाशित: ११ मंसिर २०८० ०६:२१ सोमबार

जङ्गली जनावरको आक्रमण एक व्यक्तिको शव