समाज

डा.केसीले मागे स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा,आरोप पुष्टि गर्न चुनौती

डा. गोविन्द केसीले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको राजीनामा माग गरेको छन्। आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले स्वास्थ्य मन्त्री बस्नेतको राजीनामा माग गरेका हुन्।

स्वास्थ्य मन्त्री बस्नेतले डा केसीलाई मेडिकल माफियाहरूबाट सञ्चालन भएको आरोप लगाएका थिए। उनले उक्त आरोपको खण्डन गर्दै त्यसमा आफ्नो संलग्नता भेटिए सजाय भोग्न तयार रहेको पनि बताएका छन्।

उनले भनेका छन्, 'स्वास्थ्य मन्त्रीको हैसियतले यी चुनौतीहरूको सम्बोधन गर्नु परम कर्तव्य बन्थ्यो तर मापदण्ड नपुगेका र विगतमा ऐन विपरीत सञ्चालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐन विपरीत सम्बन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैर कानुनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्य मन्त्री माफिया हरुका नाइके हुन र उनी मन्त्री पदमा रही रहनु लोकतान्त्रिक मूल्यमान्यता को बरखिलाफ हो। निजलाई तत्काल पदमुक्त गरियोस्।'

यस्तै, उनले सुरुदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्न रुपमा नै वकालत गर्दै आइरहेको आरोप लगाएका छन्।  सुरुदेखि नै स्वास्थ्य मन्त्री माफियाहरूको पक्षमा नग्न रुपमा नै वकालत गर्दै आई रहेका छन् र सम्बन्धित सरकारी निकायहरूलाई खुला रूपमा दबाब र धम्की दिई रहेका छन्, उनले भनेका छन्।

प्रकाशित: १० मंसिर २०८० ०७:३९ आइतबार

डा. गोविन्द केसी स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत