समाज

बस र कार ठोक्किँदा पैदलयात्रीको मृत्यु, ४ घाइते

तनहुँ- दमौली बजारमा सोमबार बिहान कार र बस ठोक्किँदा एक पैदलयात्री महिलाको ज्यान गएको छ। पोखराबाट सुनौली जाँदै गरेको ना ६ ख ७२११ नम्बरको यात्रुबाहक बस र डुम्रेबाट पोखरा आउर्दै गरेको बा ९ च ४४४३ नम्बरको नीजि कार दमौलीको मुख्य चोकमा एक आपसमा ठोकिदाँ ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कारसँग ठोकिएपछि अनियन्त्रित बसलाई छेउतिर लैजाने क्रममा बसले सडकमा यात्रा गरिरहेका दुईजना पैदलयात्रुलाई ठक्कर दिएको थियो । त्यसक्रममा घाइते व्यास १२ बेनिकोट निवासी २९ वर्षिय हरिमाया आलेको उपचारका क्रममा पोखराको मेट्रोसिटी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। आलेकी ९ वर्षिय छोरी  गुँरास आलेको रत्नहरी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि पोखरा रिफर गरिएको छ । दुर्घटनामा सामान्य घाईते कार चालक धादिङका सुजन श्रेष्ठ र काठमाडौंका श्यामप्रसाद रेग्मी लाई सामान्य उपचार पश्चात रत्नहरी अस्पतालवाट डिस्चार्ज भएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित: १७ पुस २०७४ ११:१३ सोमबार

बस कार ठोक्किँदा पैदलयात्रीको मृत्यु घाइते