समाज

दक्षिण अफ्रिका पुर्याएर मानव बेचबिखन गर्ने पक्राउ

काठमाडौं – दक्षिण अफ्रिकामा रोजगार दिलाईदिन्छु भन्दै मानव बेचबिखन गर्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरी प्रधान कार्यालयअन्तर्गत केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

ढुङ्गेलले दक्षिण अफ्रिकाको जोहान्सबर्गमा राम्रो रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति ७ लाख रुपैँया वा सोभन्दा बढीका दरले रकम उठाई दक्षिण अफ्रिका पुर्याई पीडितहरुलाई बिना पारिश्रमिक काम लगाई मानसिक र शारीरिक यातना दिने जस्ता अभद्र ब्यवहार गरी अलपत्र पारेको पीडितहरुको भनाईको आधारमा प्रहरीको टोलीले उनलाई शनिबार पक्राउ गरेका थिए ।

प्रकाशित: १७ पुस २०७४ ०७:४८ सोमबार

दक्षिण अफ्रिका पुर्याएर मानव बेचबिखन गर्ने पक्राउ