समाज

गाई काट्ने ४ पक्राउ

मकवानपुर – गाई काटेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बकैया गाउँपालिका–७ कान्द्राङ बस्ने ४८ वर्षीय शंकर मोक्तानसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

सोही ठाँउ बस्ने सन्तबहादुर राईको सिरुवारीमा गाई काटीरहेको अवस्थामा गाईको मासुसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।

प्रकाशित: १७ पुस २०७४ ०७:३० सोमबार

गाई काट्ने पक्राउ