समाज

जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर गरेको छ।

अख्तियार दुरूपयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जनाएका हुन्।

उनका अनुसार खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै दर्ता गरी एकल महिला भत्ता लिएको आरोप छ। वडा सचिवले उक्त भत्ता लिनको लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए।

प्रकाशित: ८ मंसिर २०८० १२:१७ शुक्रबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोग