समाज

करेन्ट लागेर एकको मृत्यु

लहान – करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ। 

आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो। 

करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारको लागि लहान अस्पताल लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: १७ पुस २०७४ ०६:५० सोमबार

करेन्ट लागेर एकको मृत्यु