समाज

जुम्लामा बन्चरो प्रहारबाट महिलाको हत्या

जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाकै श्यामबहादुर बुढाले बन्चरो प्रहार गरी उनको हत्या गरेको पाइएको छ।

चन्दका अनुसार बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अहिलेले अनुसन्धान भइरहेको छ।

प्रकाशित: ८ मंसिर २०८० ११:२३ शुक्रबार

हत्या