समाज

अवैध रुपमा यौनबर्धक सामाग्री विक्री गर्ने १५ पक्राउ

काठमाडौँ – अनुमति नलिई यौन बर्धक सामाग्री विक्री गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले १ भारतीय नागरिकसहित १५ जनालाई पक्राउ गरेको छ। 

उत्तेजना बढाउने पुरुषको यौन अंग ठूलो पार्ने लगायतका विज्ञापन गरेर भ्रम फैलाई ठगी गरेको आरोपमा ब्युरोले उनीहरूलाई शुक्रबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा मेजर सिंह, लक्ष्मी कट्टेल, रत्न घिमिरे, सुदिल ढकाल, बसन्ता सम्बाहाम्फे , सुप्रभा केसी, सूर्यबहादुर रायमाझी, बाबुराम ढकाल, कुमार भारती, यादव राजी, विपिन बोलखे, रबिन खड्का, यमनाथ पौडेल र विकास गोयर लगायत  रहेका छन्। 

सिआइबीका अनुसार उनीहरूले भ्रममा पारी धेरैलाई ठगी गरेको उजुरी आएपछि पक्राउ गरिएको हो । 

प्रकाशित: १६ पुस २०७४ ०६:२५ आइतबार

अवैध रुपमा यौनबर्धक सामाग्री विक्री गर्ने १५ पक्राउ