समाज

करेन्ट लागेर एकको मृत्यु

क्याप्शन

करेन्ट लागेर ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका वडा नं ४ का १९ वर्षीय मिलन नाल्वो लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

करेन्ट लागेर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको समेत लुङ्गेलीले बताए।उनका अनुसार मृतक लिम्बू युनाईटेड मेवाखोला हाईड्रो अन्तर्गत  साउथ एशियसन कन्ट्रक्सनको क्रसर प्लान्टमा काम गर्दै आएका थिए।बाँसघारीमा जाने क्रममा उनलाई करेन्ट लागेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान सुरु भएको समेत प्रहरी निरीक्षक लुङ्गेलीले बताए। 

प्रकाशित: ७ मंसिर २०८० १२:२७ बिहीबार

करेन्ट लागेर एकको मृत्यु