समाज

रिङ्ग रोडको चोक-चोकमा निस्कँदै छन् प्रदर्शनकारी (तस्बिरहरू)

दुई समूहले आज राजधानीमा प्रदर्शन गर्दै छन्। अहिले रिङ्ग रोडको चोक चोकमा प्रदर्शनकारीहरू निस्कन थालेका छन्।

तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा सङ्घका प्रदर्शनकारीहरू निस्किएका छन्। उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा निस्किएका छन्। सो क्षेत्रमा युवाहरू बढी देखिएका छन्।

यता,बल्खु क्षेत्रमा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ मा भने प्रदर्शनकारीहरू थोरै मात्रामा देखिएका छन्। सो क्षेत्रमा क्रमशः प्रदर्शनकारीहरू निस्किरहेका छन्। उनीहरुले रातो झन्डा बोकेका छन्।

त्यसको प्रभावले राजधानीका सडक अहिले सुनसान जस्तै देखिएका छन्।

काठमाडौं र ललितपुर प्रशासनले अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरेको छ। उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। कलङ्कीदेखि बल्खु क्षेत्रसम्मको सुरक्षा कडा पारिएको छ। सो क्षेत्रको सडकका दुवै तर्फ सुरक्षाकर्मीहरू रहेका छन्।

बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ। त्यस्तै नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ।

प्रकाशित: ७ मंसिर २०८० ०५:३० बिहीबार

दुर्गा प्रसाईँ प्रदर्शन (एमाले) निकट युवा सङ्घ