समाज

सुमोले किच्दा एकको मृत्यु चार घाइते

बारा – कलैया उपमहानगरपालिका १० मटिअर्वामा गाडीले किच्दा क्रिकेट खेलिरहेको एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

जे एच ०९ वी ३७०८ भारतीय नम्बर प्लेटको भएको सुमोले किच्दा सुरज कुमार गुप्ताको मृत्यु भएको छ भने प्रदीप साह, अर्जुन कुमार साह, सुमिक्षा साह र ४ वर्षीय नन्दनी साह घाइते भएको बाराका नायब उपरीक्षक भुनेश्वर साहले बताएका छन्।  
मटिअर्वा स्थित रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको मैदानमा  क्रिकेट खेल भइरहको अवस्थामा सुमोलाई चलाउनको लागि सिक्दै गरेकाले यो घटना घटाएको साहले बताए। 

घाइते बच्चाहरूको कलैया स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेकोले थप उपचारको लागि  वीरगन्ज  स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको बारा प्रहरीले जनाएको छ।

घटना बारेमा अनुसन्धान भइरहेकोले यसमा दोषी देखिएकाहरूलाई कारवाही गरिने नायव उपरीक्षक साहले बताए।

प्रकाशित: १४ पुस २०७४ १४:०१ शुक्रबार

सुमोले किच्दा एकको मृत्यु घाइते