समाज

चित्लाङ केन्द्रविन्दु भएर भूकम्प, क्षति हुनबाट जोगियो

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर गएको भूकम्प कारण कुनैपनि किसिमको क्षति हुनबाट जोगिएको छ। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईँले प्रहरी टोली र स्थानीयका अनुसार भूकम्पका कारण कुनैपनि भौतिक र मानवीय क्षति नभएको बताए। उनले हालसम्म अवस्था सामान्य रहेको तर, सबैलाई सावधानी अपनाउन आग्रह गरिएको पनि बताए।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गयराति १ बजेर १९ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको हो।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा भूकम्प गएको जानकारी दिए। भूकम्प काठमाडौँ नजिक भएकाले आसपास जिल्लामा ठूलो धक्का महसुस गरिएको उनले बताए।

प्रकाशित: ७ मंसिर २०८० ०३:३३ बिहीबार

मकवानपुर चित्लाङ चित्लाङ केन्द्रविन्दु परकम्प प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईँ प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईँ