समाज

काठमाडौंमा भारतीय नागरिकको हत्या

काठमाडौं- काठमाडौंमा भारतीय नागरिकको हत्या भएको छ। काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थान पशुपतिभिजनस्थित होटल आम्दाबालममा बसेका भारतीय नागरिकको हत्या भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको धारिलो हतियारले हत्या भएको हो।

गुरुङलाई गएराति सोही होटलका कर्मचारी काठमाडौं महानगरपालिका-६ बौद्ध रामहिटी बस्ने २९ वर्षीय डोनी शेर्पाले रक्सी किन्ने विषयमा झगडा हुँदा धारिलो हतियार चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएका गुरुङलाई उपचारको लागि काठमाडौँ मेडिकल कलेज अस्पताल सिनामंगल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो।

चक्कु प्रहार गर्ने डोनीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको  छ।

 

प्रकाशित: १३ पुस २०७४ ०६:५५ बिहीबार

काठमाडौंमा भारतीय नागरिकको हत्या