समाज

थामडाडाँमा स्वास्थ्य केन्द्रको स्थापना

गुल्मी – गुल्मीको मुसीकोट नगरपालिका– १ थामडाँडामा स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । बुधबार थामडाडाँमा आयोजित कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले स्वास्थ्य केन्द्रकोे उद्घाटन गरेका हुन् ।

यस स्वास्थ्य केन्द्रले झण्डै चार सय घरधुरीका स्थानीयहरुलाई सेवा प्रदान गर्नेछ । स्थानीयवासी जमुना विकका अनुसार गाउँभित्र स्वास्थ्य सेवा लिन पाइने हुँदा सजिलो भएको प्रतिक्रिया दिन्छिन् । ‘अहिलेसम्म पुरानो गाविस भवन पुगेर सामान्य चेकजाज गर्नुपर्ने अवस्था थियो । स्वास्थ्य केन्द्र स्थापना भएपछि गाउँमा उपचार गर्न पाईने भएको छ।’

प्रकाशित: १२ पुस २०७४ १०:३३ बुधबार

थामडाडाँमा स्वास्थ्य केन्द्रको स्थापना