समाज

भीमफेदीमा सुमो दुर्घटना, दुई गम्भीर

हेटौँडा – हेटौँडाबाट काठमांडौँतर्फ जाँदै गरेको मझौला तथा टेम्पो यातायात संघको ना१च १९३९ नंको टाटासुमो आज बिहान दुर्घटना हुँदा चालकसहित दुईजना गम्भीर घाइते भएका छन् भने अन्य छ जना सामान्य छन्। 

भीमफेदी इलाका प्रहरी कार्यालयका अनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो। चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागार्इंको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए। 

काठमाडौँबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्ने क्रममा दुर्घटना हुनगएको सुमोमा सवार विदुर धिमालले बताए। सुमोमा आठजना यात्रु रहेको प्रहरीले जनाएको छ। 

अन्य घाइते हुनेहरुमा किन्दा दाहाल, सिर्जना चौलागाईं, राजकुमार घलान, जीवन शाह, प्रकृति मानन्धर र विदुर धिमाल रहेको र उनीहरूलाई उपचारका लागि हेटौँडा ल्याइएको प्रहरी सहायक निरीक्षक बोधप्रसाद यादवले जानकारी दिए। 

प्रकाशित: १२ पुस २०७४ ०७:४२ बुधबार

भीमफेदीमा सुमो दुर्घटना दुई गम्भीर