समाज

माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा, ५ जना बढी भेला हुन नपाइने

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। 

सोमबार एक आदेश जारी गर्दै प्रशासनले ३० दिनसम्मका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिएको हो।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको आदेशअनुसार पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पूल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ।

प्रकाशित: ४ मंसिर २०८० १३:०४ सोमबार

जिल्ला प्रशासन कार्यालय काठमाडौँ माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र