प्रसिद्ध धार्मिक स्थल सुनसरीको वराहक्षेत्र मन्दिर आसपासमा सञ्चालित होटलमा मदिरा र मासु विक्री–वितरणमा रोक लगाइएको छ।नगरपालिकाले मदिरा र मासु बिक्री वितरणमा रोक लगाएको हो।
हिन्दु धर्मावलम्बी आस्थाको केन्द्रको रुपमा रहेको वराहक्षेत्र मन्दिर आसपासमा सञ्चालित होटल व्यवसायीहरुलाई मदिरा र मासु विक्री–वितरण नगर्न आग्रह गरिएको नगरप्रमुख रमेश कार्कीले बताए । मदिरा र मासु विक्री–वितरणमा रोक लगाएसँगै त्यसलाई कार्यान्वयन गराउन इलाका प्रहरी कार्यालय महेन्द्रनगर तथा वराहक्षेत्र संरक्षण मञ्चलाई आग्रह गरिएको कार्कीले बताए ।
धार्मिक क्षेत्र मठ–मन्दिरको ५ सय मिटर वरपर मदिरा र मासु विक्री–वितरण गर्न नपाउने नगरपालिकाको निर्णय अनुसार वराहक्षेत्र मन्दिर आसपास रोक लगाइएको जानकारी दिइयो । धार्मिक क्षेत्रका होटलमा मदिरा र मासु विक्री वितरणमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र वराहक्षेत्र नगरपालिकाबाट समेत निर्देशन आएकाले त्यस निर्णयलाई कार्यान्वयन गर्न सक्रिय रुपमा जुटेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर लागि परेको प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमिल्सिनाले बताए ।
पहिलो चरणमा होटल सञ्चालकलाई मौखिक सूचना र माईकिङ् गरिनेछ । त्यस पछि अटेर गर्नेलाई दण्ड–जरिवानाको प्रक्रिया अगाडि प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्र सदाबहार नेपाल र भारतका धर्मावलम्बीको जमघट हुने गरेको छ । यहाँ १२÷१२ वर्षमा महाकुम्भ मेला र ६÷६ वर्षमा अर्ध कुम्भमेला लाग्ने गर्छ । महाकुम्भ आगामी चैत २७ गतेदेखि २०८० वैशाख २७ गतेसम्म आयोजना हुने भएको छ ।
प्रकाशित: ४ मंसिर २०८० ०५:५० सोमबार