काठमाडाैं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमस इभको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएकाे छ ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमस इभको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जानकारी दिएका छन्। 'दुर्घटना नियन्त्रण गर्न अन्य दिनको भन्दा क्रिसमस इभमा छुट्टै ३५ ठाउँमा विशेष जाँच गरेका थियाैं । महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ,'उनले भने ।
प्रकाशित: १० पुस २०७४ ०५:०६ सोमबार