समाज

टिपरको ठक्करबाट किशोरको मृत्यु

पोखरा – पोखरा–लेखनाथ महानगरपालिका–१९, पुरुञ्चौरस्थित पात्लेखेतको सडकमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। 

पात्लेखेतबाट पोखरातर्फ आउँदै गरेको ग ७ प ७९७५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ९००५ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने पुरुञ्चौर–१९ का १३ वर्षीय सविन बास्तोलाको मुत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका बास्तोलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बास्तोला भारती भवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन्। 

प्रकाशित: ९ पुस २०७४ १३:५३ आइतबार

टिपरको ठक्करबाट किशोरको मृत्यु