समाज

केरुङमा नेपाली साना सवारी सञ्चालनमा रोक

रसुवा– चीनको केरुङमा नेपाली साना सवारी तथा मोटरसाइकल लैजान रोक लगाइएको छ । नाकामा सुन तस्करी गर्ने गिरोह सक्रिय भएको भन्दै चिनियाँ पक्षले नेपाली साना सवारी सञ्चालनमा रोक लगाएको हो ।

सवारीमा फल्स बटम बनाएर ल्याउने क्रम बढ्दै जाँदा चिनियाँ पक्षले १५ दिनदेखि साना गाडी सञ्चालन रोकेको भए पनि नेपाली पक्षले रोकिएको बारेमा आधिकारिक जानकारी दिएको छैन ।

रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले साना गाडी सञ्चालन रोकिएको बारेमा आधिकारिक जानकारी नआएको बताए । उनले भने, ‘सवारी सञ्चालन रोकिएको बारेमा हामीलाई आधिकारिक जानकारी आएको छैन, रोकिएको भए जानकारी आउनुपर्ने हो ।’

चीनको केरूङ जानका लागि नेपाली सवारी रोकिए पनि चिनियाँ ट्याक्सी मार्फत रसुवाबासी केरुङ गइरहेका छन् । सीमा सुरक्षामा खटिएको प्रहरीको अनुरोधमा केही सवारी साधनले प्रवेश पाएपनि साना सवारी तथा मोटरसाइकल सञ्चालन रोकिएको नेपाल प्रहरीको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ ।

चीनतर्फ बाटो मर्मतको काम भइरहेकाले सामग्री बोकेका कन्टेनरलाई मात्र प्रवेश दिन थालेपछि भन्सार यार्डमा कन्टेनर थुप्रन सुरु गरेको छ । केही महिना भन्सार यार्डमा कन्टेनर रोकिएको थिएन् ।

प्रकाशित: ९ पुस २०७४ ०६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App