समाज

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग

काठमाडौं- विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

उनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेको छ । 

'सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन नेपाल सरकारसँग माग गर्दछु,' विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा मृतक ऐडीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनले यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत आग्रह गरेको छ।

प्रकाशित: ८ पुस २०७४ ०७:४३ शनिबार

म्यादी प्रहरी मृत्यु घटनाको छानबिन गर्न शाहीको माग