समाज

गिडीदहमा पदमार्ग निर्माण सुरु

जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्ने पर्यटकीय पदमार्ग निर्माण सुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।

पर्यटकीय हिसाबले गिडीदह निकै सम्भावना बोकेको छ।अप्ठ्यारो बाटो, उचित वासस्थानको अभाव आदि कारणले गिडीदहमा पर्यटक जान कठिन छ ।तर यहाँका सुन्दर पाटन, भेडी खर्क, तालतलैया र मगमग बास्ना छर्ने विविध जडीबुटी र फूलको अवलोकनले पर्यटकलाई लोभ्याउन सकिने स्थानीय बताउँछन्।

यही विषयलाई मध्यनजर गर्दै पर्यटकीय पदमार्ग बनाउन सुरु भएको हो । भविष्यमा सक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्यसहित पदमार्ग लगायत पर्यटन प्रवर्द्धनका काम अघि बढाइएको वडाध्यक्ष अमर रोकायाले जनाए ।

‘सुन्दर पाटनहरूको अवलोकन गर्दै गिडीदहको काखमा सयौं पर्यटक एकसाथ आनन्द लिइरहेको कल्पना गरिएको छ, ‘उनले भने, ‘त्यसका लागि पर्यटनमैत्री संरचना निर्माणदेखि पर्यटनमैत्री व्यवहार अघि बढाउन लागिपरेका छौँ।’  

गिडीदह जाँदा हराउने, बाटो बिराएर अलमल हुनेलगायत समस्या पदमार्ग बनेपछि समाधान हुने उनको भनाइ छ । दह किनारमा निर्मित धर्मशालादेखि ३५ सय मिटर पदमार्ग निर्माण गरिएपछि सहज भएको वडाध्यक्ष रोकायाले बताए । गाउककपालिकाले सहयोग गरेपछि स्थानीय युवाहरूले उपभोक्ता समिति बनाएर पदमार्गको काम गरेका छन्।

अप्ठ्यारो बाटो, उचित वासस्थानको अभाव आदि कारणले गिडीदहमा पर्यटक जान कठिन थियो । यहाँका सुन्दर पाटन, भेडी खर्क, तालतलैया र मगमग बास्ना छर्ने विविध जडीबुटी र फूलको अवलोकनले पर्यटकलाई लोभ्याउन सकिने स्थानीय बताउँछन्।

१० दिन लगातार काम गरेपछि पदमार्ग निर्माण भएको हो । अब आन्तरिक र बाह्य पर्यटक गिडीदह पुग्न कुनै समस्या छैन।स्थानीय युवा कौरव पाण्डेको नेतृत्वमा गिडीदहमा धर्मशालादेखि पाटनसम्म पर्यटन पदमार्ग निर्माण गरिएको हो । पालिकाले आन्तरिक स्रोतबाट सात लाख २५ हजार रकम पदमार्ग निर्माणका लागि विनियोजन गरेको थियो ।

कात्तिक १६ देखि २६ सम्म पदमार्ग निर्माण गरिएको हो। गिडीदह अब सबैले अवलोकन गर्न पाउँनेछन्। पदमार्गको बिचमा आवासदेखि खानपानको व्यवस्था गर्नसमेत पहल भइरहेको । यो आकर्षक पर्यटकीय गन्तव्यका साथै साहसिक यात्रा पनि हुनेछ।यसअघि तातोपानी गाउँपालिकाको टिम पर्यटनकर्मीहरू लिएर गिडीदह पुगेको थियो ।तातोपानी–४ को आग्रहमा ताल विकास बोर्डको टोली आएर पनि गिडीदहरूको अवस्था अध्ययन गरेर गएको छ ।

टोलीले तालमै ¥याफ्टिङ गरेको थियो । लम्बाइ, चौडाइ र उचाइ नाप्ने कामसमेत सकिएको छ ।टोलीले गिडीदहमा पाइने जीवदेखि ताल वरिपरि भेटिएका हरेक वस्तुको अध्ययन गरेको जनाइएको छ । तर अध्ययनपछिको प्रतिवेदन टोलीले सार्वजनिक गरेको छैन ।तालमा नयाँ प्रजातिको जीव भेटिएकाले ल्याब टेस्ट गर्न देशबाहिर पठाइएको छ । त्यसैले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेको वडाध्यक्ष रोकायाले सुनाए।  

प्रकाशित: २ मंसिर २०८० ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App