समाज

एटिएम मेसिन फोड्दै गर्दा १ जना पक्राउ

विराटनगरको महेन्द्र चोकमा रहेको एटिएम मेसिन फोड्दै गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–११ घर भई वडा नम्बर–९ गुद्री बजारमा डेरा गरी बस्ने ३० वर्षीय मुकेशकुमार कामतलाई एटिएम मेसिन फोड्दै गर्दा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।  

उनका अनुसार विराटनगर–९ महेन्द्र चोकमा रहेको नबिल बैंकको एटिएम मेसिन कात्तिक ३० गते बिहानको करिब ३ बजेतिर फोर्ड गर्दा कामत पक्राउ परेका हुन् ।

कामतले चाबी र सानो फलामको चक्कुले एटिएम मेसिन खोल्न खोज्दै गर्दा पक्राउ परे। उनको साथबाट २ थान चाबी र सानो चक्कु बरामद भएको थियो। 

पक्राउ परेका कामतविरुद्ध चोरी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

प्रकाशित: १ मंसिर २०८० १५:३५ शुक्रबार

विराटनगर महेन्द्र चोक एटिएम मेसिन