समाज

‘जेब्रा क्रसिङ’मै असुरक्षित पैदल यात्रु (भिडियो)

काठमाडौं—खाल्डाखुल्डी र धुलोले भरिपूर्ण काठमाडौंका सडकमा गाडीको चाप अत्यधिक छ। मेटिन लागेका जेब्राक्रस र गाडीको तीब्र गति। पैदल यात्रु गन्तव्यसम्म पुग्ने हुन् कि अस्पताल सधैँ जोखिम हुनेगर्छ। जेब्रा क्रसिङ भनेको पैदल यात्रुलाई बाटो काट्न बनाइएका विशेष ठाउँ हो।

त्यही भएर जेब्रक्रसिङमा पैदलयात्रु ढुक्क भएर बाटो काट्न खोज्छन्। तर सवारी चालकले गति कम नगर्दा जेब्राक्रसिङमा यात्रु सधैँ डराउनु पर्छ।

‘जेब्रा क्रसिङ पैदल यात्रुका लागि बाटो काट्न तोकिएको ठाउँ हो। त्यहीँबाट बाटो काट्दा असुरक्षित हुनुपर्ने अवस्था छ’, भद्रकालीमा बाटो काट्दै गर्दा भेटिएका उनी भन्छन्।

ट्राफिक प्रहरी बस्ने ठाउँमा जेब्रा क्रसिङमा बाटो काट्न केही सहज हुनेगर्छ। तर सबै ठाउँमा ट्राफिक बस्दैनन्। ट्राफिक नभएका ठाउँमा अधिकांश चालक नियम मिच्दै तीब्र गतिमा सवारी चलाइरहेका भेटिछन्। जेब्रा क्रसिङमा सवारी साधनले गति सीमित गर्नुपर्ने हो। उस्तै परे गाडी रोकेरै पैदल यात्रुलाई बाटो छोड्नुपर्ने हो। तर पैदल यात्रु देखीदेखी सवारी साधनले गति कम गर्दैनन्।

चावहिलका वसन्त अर्याल सवारी चालकको जबरजस्ती र लापरवाहीले पैदलयात्रुको ज्यान जोखिममा रहेको बताउँछन्।

‘जेब्रा क्रसिङ पैदल यात्रुका लागि बाटो काट्न तोकिएको ठाउँ हो। त्यहीँबाट बाटो काट्दा असुरक्षित हुनुपर्ने अवस्था छ’, भद्रकालीमा बाटो काट्दै गर्दा भेटिएका उनी भन्छन्।

जेब्राक्रसमा तीब्र गतिमा सवारी चलाउनेमा मोटरसाइकल र सार्वजनिक सवारी साधन अगाडि देखिन्छन्। पैदलयात्रु तथा सवारी साधनका लागि भनी बनाइएका ट्राफिक लाइटहरू सबै ठाउँमा काम लाग्ने अवस्थामा छैनन्। जेब्रा क्रसका लागि बनाइएका लाइट पनि सबै काम लाग्ने छैनन्। यसले गर्दा पनि सवारी चालकलाई पैदलयात्रु पेल्न सहज भएको छ।

डडेलधुराकी राधादेवी भण्डारी बाटो काट्ने ठाउँमा तीब्र गतिका सवारीबाट खतरा रहेको बताउँछिन्। उनी भन्छिन्, ‘काठमाडौंमा बाटो काट्न गाह्रो छ। कतिखेर गाडीले आएर हान्छ जस्तो लााग्छ।’

कसरी बच्ने त तीब्र गतिका सवारीबाट?

ट्राफिक प्रहरी सल्लाह दिन्छ— बाटो काट्दा यात्रुले होसियारी अपनाउनुपर्छ।

जेब्राक्रसिङमा सवारी साधनको गति कम गर्नुपर्ने नियम रहेकोे महानगरीय ट्राफिक महाशाखाका सह आयुक्त उमेश रञ्जितकारकार बताउँछन्। ‘सबै ठाउँमा ट्राफिक प्रहरी पुग्न पनि सम्भव छैन। महानगर र सडक विभागले ट्राफिक बत्ती निर्माणमा सहयोग नगर्द पनि यो समस्या बल्झिरहेको छ।’

ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदल यात्रुलाई भने कारवाही गर्ने गर्छ। नियमपूर्वक बाटो काट्नेलाई सुरक्षित पार्नुपर्ने पैदलयात्रुहरुको भनाइ छ।

भिडियो : प्रबिन कोइराला

प्रकाशित: ६ पुस २०७४ ०७:४६ बिहीबार

जेब्रा क्रसिङमै असुरक्षित पैदल यात्रु भिडियो