समाज

माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु

बाग्लुङ – बागलुङको जैमुनी ४ मा घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्को भत्कदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा जैमुनी ४ की ५० वर्षीया पुतली बि.क भन्ने हरिकला सुनार र २५ वर्षीय पूर्ण नेपाली रहेका छन् भने तारा सुनुवार घाइते भएकी छिन् । 

सर्कुवा तल्लो मा.बि.भन्ने स्थानमा बुधबार माटोको ढिस्को भत्कदा घाइते भएका उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको थियो। 

घाइते तारालाई थप उपचारको लागि गण्डकी अस्पताल पोखरामा लगिएको छ। 

प्रकाशित: ६ पुस २०७४ ०६:५० बिहीबार

माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु