समाज

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु

राजविराज – सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ। 

स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए। 

सोही क्रममा अत्यधिक मादक पदार्थ सेवन गरेका राजकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ। 

मृतकको शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: ६ पुस २०७४ ०५:१९ बिहीबार

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु