समाज

बारामा अवैध काठ बरामद

सिमरा – महेन्द्रनगरबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरिएको छ । हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालयबाट खटिएकाे टाेलीले मंगलबार सालको चिरान काठ बरामद गरेको हो ।

महेन्द्रनगरको एक घरबाट करिव तीन लाख बराबरको अवैध सालको चिरान काठ बरामद गरेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिंहले बताए । इलाका प्रहरी कार्यलयबाट खटिएकाे टाेलीले अवैध काठ नियन्त्रणमा राखेर थप अनुसन्धान सुरू गरेकाे छ । अवैध काठ राख्ने घर मालिक फरार रहेकाे प्रहरीले जनाएकाे छ ।

 

 

प्रकाशित: ५ पुस २०७४ ०४:०८ बुधबार

बारामा अवैध काठ बरामद